11 "राजाले नबोलाएसम्म राजाको भित्री चोकमा जाने कुनै पनि पुरुष अथवा स्त्रीका निम्ति राजाको एउटै कानुन छ भन्ने कुरा राजाका सबै अधिकारी र राजकीय प्रान्तका सबै मानिसहरूलाई थाहा छ: राजाले त्यस मानिसतिर आफ्नो सुनको राजदण्ड पसारे भने मात्र त्यो व्यक्ति जीवित रहन्छ। तर राजाले मलाई आफूकहाँ नबोलाउनू भएको तीस दिन भइसकेको छ।"
14 किनकि यदि तिमी यस्तो बेलामा चुप लागिरह्यौ भने यहूदीहरूका निम्ति अर्को ठाउँबाट सहायता र छुटकारा आउनेछ; तर तिमी र तिम्रा बुबाको परिवारचाहिँ नष्ट हुनेछ। कसले जान्दछ र, तिमी यस्तै समयका निम्ति राजकीय पदमा पुगेकी हौ कि?"
16 "गएर शूशनमा भएका सारा यहूदीहरूलाई एकसाथ भेला गर्नुहोस्; अनि तपाईंहरू तीन दिनसम्म रातदिन केही नखाई र नपिई मेरा निम्ति उपवास बस्नुहोस्। तपाईंहरूले गरेझैँ म र मेरा सहेलीहरूले पनि उपवास बस्नेछौँ। त्यसपछि नियमको विरुद्धै भए तापनि म राजाकहाँ जानेछु। यदि म नाश भएँ भने पनि होस्।"