36 प्रभु याहवेह यसो भन्नुहुन्छ: तैँले आफ्ना प्रेमीहरूसितको वेश्यावृत्तिमा आफ्नो धनसम्पत्ति खन्याएकी र आफ्नो नग्नता देखाएकी कारणले र तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण, र तैँले आफ्ना छोराछोरीहरूका रगत ती मूर्तिहरूलाई चढाएको कारण, 37 म तेरा सबै प्रेमीहरू भेला गराउनेछु, जससँग तैँले आनन्द लिइस्, जसलाई तैँले प्रेम गरिस् र तैँले घृणा गरिस्। म तिनीहरूलाई चारैतिरबाट तेरो विरुद्धमा जम्मा गर्नेछु; तिनीहरूले तेरो नग्नता देखून् भनेर तिनीहरूको सामु तेरो नग्नता उघारिदिनेछु।
Publicidade