30 "यसकारण हे इस्राएलीहरू हो, म हरेकलाई तिमीहरूका आफ्नै चालहरूअनुसार न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। पश्चात्ताप गर! तिमीहरूका सबै अपराधहरूबाट फर्क; तब तिमीहरूको पतनको कारण पाप हुनेछैन। 31 तिमीहरूले गरेका सबै अपराधहरूलाई त्यागिदेओ; अनि नयाँ हृदय र नयाँ आत्मा लेओ। हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ? 32 किनकि कसैको पनि मृत्युमा म प्रसन्न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्चात्ताप गर, र जीवित रहो!
Publicidade
Publicidade