6 अनि तँ हे मानिसको छोरा, तिनीहरू अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा वरिपरि सिउँडी काँडा र अरू काँडाहरू भए तापनि र तँ बिच्छीहरूको बीचमा बसे तापनि नडरा। तिनीहरू विद्रोही भए तापनि तिनीहरूका कुराहरूदेखि नडरा अथवा तीबाट त्रसित नहो। 7 तिनीहरूले चाहे सुनून् वा नसुनून्, तैँले मेरा वचनहरू भन्नू; किनकि तिनीहरू विद्रोही छन्।
Publicidade