25 तिमीहरूमाथि शुद्ध पानी छर्कनेछु; अनि तिमीहरू शुद्ध हुनेछौ; म तिमीहरूका सबै अशुद्धताहरूबाट र तिमीहरूका सबै मूर्तिहरूबाट तिमीहरूलाई शुद्ध पार्नेछु। 26 म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिमीहरूबाट तिमीहरूका ढुङ्गाका हृदय निकाल्नेछु र तिमीहरूलाई मासुको एउटा हृदय दिनेछु। 27 अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु; अनि तिमीहरूलाई मेरा उर्दीहरूमा हिँड्ने र मेरा नियमहरू होसियारीसाथ पालन गर्ने तुल्याउनेछु।
Publicidade