6 यसरी नै, "अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो।"3:6 उत्प 15:6
7 अब यो बुझ कि, जस-जसले विश्वास गर्छन्, तिनीहरू अब्राहामका सन्तान हुन्। 8 धर्मशास्त्रले पहिलेदेखि नै जानेर परमेश्वरले गैरयहूदीहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुनेछ, र यो सुसमाचार धेरै अगि नै अब्राहामलाई भनिसक्नुभएको थियो: "तँद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्।"3:8 उत्प 12:3; 18:18; 22:18 9 त्यसकारण परमेश्वरमा विश्वास गर्ने सबैले विश्वासी अब्राहामसित नै आशिष् पाउनेछन्।