24 यो कुरालाई उदाहरणको रूपमा लिइएको छ: दुई स्त्रीहरूले दुई वटा करारलाई प्रतिनिधित्व गर्दछन्। एउटा करारचाहिँ सीनै पर्वतबाट हो, र यसले दासत्वको निम्ति जन्मिएका सन्तानलाई प्रतिनिधित्व गर्दछ, जो हागार हो। 25 अहिले हागारचाहिँ अरब देशमा भएको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्यसको तुलना गर्न सकिन्छ; किनकि त्यो आफ्ना सन्तानका साथ दासत्वमा छे। 26 तर सारा स्वर्गीय यरूशलेमकी प्रतिक हुन्, जो स्वतन्त्र छिन्, जोचाहिँ हामी सबैकी आमा हुन्।