ख्रीष्टमा स्वतन्त्रता
1 स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र तुल्याउनुभएको छ। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार।
2 मेरो कुरामा ध्यान देओ। म पावल तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले खतना गर्यौ भने ख्रीष्ट तिमीहरू सबैका निम्ति मूल्यहीन ठहरिनुहुनेछ। 3 म फेरि पनि खतना गर्ने सबै मानिसहरूलाई भन्दछु, जसले आफूलाई खतना गराउँछ, ऊ सबै व्यवस्था पालन गर्न बाध्य हुन्छ। 4 तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट तल झरेका छौ। 5 तर परमेश्वरका आत्माबाट हामी उत्कट इच्छासहित विश्वासद्वारा धार्मिकताको आशाको प्रतीक्षा गर्दछौँ। 6 किनकि ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई खतना होस् वा बेखतना, कुनै मूल्य छैन; तर प्रेमद्वारा व्यक्त गरिने विश्वासको मात्र मूल्य छ।