27 यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो,
परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो;
पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
28 परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र आज्ञा गर्नुभयो, "फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछा, आकाशका चराहरू र जमिनमा हलचल गर्ने प्रत्येक प्राणीहरूमाथि शासन गर।"