2 "म तँलाई एउटा महान् जाति बनाउनेछु;
अनि म तँलाई आशिष् दिनेछु;
तेरो नामलाई महान् तुल्याउनेछु;
अनि तँ आशिष्को मूल बन्नेछस्।
3 तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु;
अनि तँलाई श्राप दिनेलाई म श्राप दिनेछु;
अनि पृथ्वीका सबै जातिहरूले
तँद्वारा नै आशिष् पाउनेछन्।"