3 त्यसपछि अब्राम घोप्टो परे; तब परमेश्वरले तिनलाई भन्नुभयो, 4 "हेर्, मेरो करार तँसित यही हुनेछ, तँ धेरै जातिहरूका पिता हुनेछस्। 5 अब उसो तँलाई अब्राम17:5 अब्राम जसको अर्थ उच्च पारिएका पिता। भनिनेछैन; तर तेरो नाम अब्राहाम17:5 अब्राहाम जसको अर्थ धेरै जातिहरूका पिता। हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु। 6 म तँलाई धेरै फलवन्त बनाउनेछु; अनि तँबाट नै जाति-जातिहरू बनाउनेछु, र तँबाट राजाहरू निस्कनेछन्। 7 म मेरो करारलाई तेरो र मेरो, र तँपछिका तेरा सन्तानहरूको बीचमा आउने पुस्ताका निम्ति अनन्तको करारको रूपमा स्थापित गर्नेछु। अनि म तँ र तँपछि आउने तेरो सन्तानका परमेश्वर हुनेछु। 8 तँ र तेरा पछिका सन्तानहरूलाई अहिले तँ प्रवासी भएर बसेको सम्पूर्ण कनान देश, अनन्तको सम्पत्तिको रूपमा दिनेछु; र म तिनीहरूका परमेश्वर हुनेछु।"
9 तब परमेश्वरले अब्राहामलाई भन्नुभयो, "तेरो विषयमा चाहिँ, तँ र तँपछिका तेरा सन्तानहरूले आउने पुस्तौँ-पुस्तासम्म मेरो करार पालन गर्नुपर्छ। 10 मेरो र तेरो, साथै तँपछिका तेरा सन्तानहरूसित मेरो करार यही हो, अर्थात् तिमीहरूले पालन गर्नुपर्ने करार: तिमीहरूका प्रत्येक पुरुषको खतना17:10 तिमीहरूका योचाहिँ हरेक पुरुषको लिङ्गको टुप्पोको छाला काटेर फाल्ने नियम। हुनुपर्छ। 11 तिमीहरूका खलडीको खतना हुनुपर्छ, र योचाहिँ तँसित बाँधिएको मेरो करारको चिन्ह हुनेछ।