Pular para o conteúdo
Publicidade

उत्पत्ति 18:23-26,32,33

23 तब अब्राहाम उहाँको नजिक गएर भने: "के तपाईंले दुष्‍टहरूसँगै धर्मीलाई पनि नाश गर्नुहुन्छ? 24 यदि त्यस सहरमा पचास जना धर्मी मानिस रहेछन् भने के तपाईंले त्यस सहरलाई साँच्‍चै नाश गर्नुहुनेछ? के ती पचास धर्मी मानिसको खातिर त्यस ठाउँलाई छोडिदिनुहुन्‍न? 25 तपाईंबाट यस्तो पटक्‍कै नहोस्—धर्मीलाई पापीसँग मार्ने, र धर्मी र पापीलाई एउटै व्यवहार गर्ने काम तपाईंबाट नहोस्! तपाईंबाट यस्तो कदापि नहोस्! के सारा पृथ्वीका न्यायकर्ताले ठिक न्याय गर्नुहुन्‍न र?"

26 तब याहवेहले भन्‍नुभयो, "यदि मैले सदोम सहरमा पचास जना धर्मी मानिस पाएँ भने म तिनीहरूका खातिर सम्पूर्ण सहरलाई नाश गर्नेछैनँ।"

32 तब तिनले भने, "प्रभु रिसानी माफ पाऊँ; तर अब एकपल्ट मात्रै बोल्न पाऊँ। यदि दश जना मात्र त्यहाँ पाइए भने?"

अनि उहाँले भन्‍नुभयो, "दश जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।"

33 अब्राहामसित कुरा गरिसक्नुभएपछि याहवेह गइहाल्नुभयो; अनि अब्राहामचाहिँ आफ्नो घरमा फर्के।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.