22 अनि याहवेह परमेश्वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।
23 अनि मानिसले भने,
"अब यो त मेरै हाडहरूका हाड
र मासुको मासु हो;
तिनलाई ‘स्त्री’ भनिनेछ,
किनकि तिनी मानिसबाट निकालिएकी हो।"
24 यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।