41 आफ्ना पिताले याकोबलाई आशिष् दिनुभएको कारण एसावले याकोबसित शत्रुता राखे। अनि तिनले मनमनै भने, "मेरा पिताको मृत्युको शोक नजिक छ, त्यसपछि म मेरो भाइ याकोबलाई मार्नेछु।"
42 आफ्नो जेठा छोरा एसावले भनेका कुरा जब रिबेकालाई भनियो, तब तिनले आफ्नो कान्छा छोरा याकोबलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, "तेरो दाजुले तँलाई मार्ने योजना बनाएर बदला लिन खोज्दैछ। 43 अब मेरो छोरा, म जे भन्छु त्यो गर्; तँ हारानमा भएका मेरा दाजु लाबानकहाँ भागेर गइहाल्। 44 तेरो दाजुको रिस नमरुन्जेल तँ केही दिन त्यहीँ बस्। 45 तैँले तेरा दाजुलाई जे गरेको थिइस्, सो कुरा उसले नबिर्सुन्जेल बस्; अनि उसको रिस मरेपछि तँलाई त्यहाँबाट यता आउनू भनी म खबर पठाउनेछु। एकै दिनमा तिमीहरू दुवैलाई म किन गुमाऊँ?"