17 आदमलाई उहाँले भन्नुभयो, "किनकि तैँले तेरी पत्नीको कुरा सुनेको र मैले तँलाई ‘खाँदै नखानू भनी आदेश दिएको रूखको फल खाएको हुनाले,’
"तेरो कारणले भूमिमा श्राप परेको छ;
तेरो जीवनकालभरि
तैँले कष्टसाथ परिश्रम गरेर त्यसको फल खानेछस्।
18 भूमिले तेरा निम्ति काँडा र सिउँडी उमार्नेछ;
अनि तैँले खेतबारीका सागपात खानेछस्।