Pular para o conteúdo
Publicidade

उत्पत्ति 4:3-7

3 केही समय बितेपछि कयिनले याहवेहलाई भेटी चढाउन आफ्नो उब्जनीबाट केही ल्याए। 4 अनि हाबिलले पनि आफ्ना बगालका पहिले जन्मेका मोटा पाठाहरूबाट केही असल भागहरू ल्याए। याहवेहले हाबिल र तिनको भेटीलाई निगाहको दृष्‍टिले हेर्नुभयो; 5 तर कयिनलाई र तिनको भेटीलाई चाहिँ निगाहको दृष्‍टिले हेर्नुभएन। यसकारण कयिन रिसले चुर भए, र तिनको मुख अँध्यारो भयो।

6 तब याहवेहले कयिनलाई भन्‍नुभयो, "तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? 7 तैँले जे ठिक छ, सो गरिस् भने के तँ स्वीकारयोग्य हुँदैनस् र? तर तैँले जे ठिक छ, सो गरिनस् भने पाप तेरो ढोकामा ढुकिबसेको छ; त्यसले तँलाई अधीनमा राख्न खोज्छ, तर तैँले त्यसलाई अधीन गर्नैपर्छ।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.