योसेफले आफूलाई प्रकट गर्छन्
1 तब योसेफले आफ्ना सबै कर्मचारीहरूको सामु आफैँलाई थाम्न सकेनन्; अनि तिनी "सबै जना मेरो उपस्थितिबाट गइहाल!" भनेर चिच्याए। त्यसैले योसेफले आफ्ना दाजुभाइहरूकहाँ आफैँलाई प्रकट गर्दा तिनीसित अरू कोही थिएनन्।
4 त्यसपछि योसेफले आफ्ना दाजुभाइहरूलाई भने, "मेरो नजिक आउनुहोस्।" जब उनीहरू आए, तब तिनले भने, "म तपाईंहरूको भाइ योसेफ हुँ, जसलाई तपाईंहरूले इजिप्टमा बेच्नुभएको थियो! 5 अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो।
15 अनि तिनले सबैलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसित कुराकानी गरे।