25 मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए। 26 अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 27 मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।
28 लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो।