4 "तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ। 5 तिमीहरूका जीवन अर्थात् रगत लिनेको निश्चय नै म लेखा लिनेछु। म हरेक पशुबाट प्राणको लेखा लिनेछु; र हरेक मानिसबाट पनि, अरू मानिसका प्राणको लेखा म लिनेछु।
6 "जसले मानिसको रक्तपात गर्छ,
मानिसबाटै त्यसको पनि रक्तपात हुनेछ;
किनकि परमेश्वरले मानिसलाई
आफ्नै स्वरूपमा बनाउनुभएको हो।