येशूले फिलिप र नथानेललाई बोलाउनुभएको
43 भोलिपल्ट येशूले गालील जाने निश्चय गर्नुभयो। उहाँले फिलिपलाई भेट्नुभयो र भन्नुभयो, "मलाई पछ्याऊ।"
44 फिलिप पनि अन्द्रियास र पत्रुसजस्तै बेथसेदा सहरका नै बासिन्दा थिए। 45 फिलिपले नथानेललाई भेट्टाएर भने, "जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौँ, योसेफका पुत्र नासरतका येशूलाई।"