14 "असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्। 15 जसरी पिताले मलाई चिन्नुहुन्छ, र म पितालाई चिन्छु, र म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु। 16 मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ।