Pular para o conteúdo
Publicidade

यूहन्‍ना 14:1-6

येशूले चेलाहरूलाई सान्त्वना दिनुभएको

1 "तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्‍वरमाथि विश्‍वास राख, र ममाथि पनि विश्‍वास राख। 2 मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्‍नेथिइनँ। 3 म गएर ठाउँ तयार पारेपछि फेरि आउनेछु; र म जहाँ छु, त्यहाँ तिमीहरू पनि सधैँ मसँग रहन सक भनेर तिमीहरूलाई त्यहाँ लैजानेछु। 4 म जहाँ जाँदैछु, त्यहाँ पुग्ने बाटो तिमीहरू जान्दछौ।"

पिताकहाँ जाने बाटो येशू

5 थोमाले उहाँलाई भने, "प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ भन्‍ने हामीलाई केही थाहा छैन। तब कसरी हामीले त्यो बाटो चिन्‍न सक्छौँ?"

6 येशूले भन्‍नुभयो, "बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.