13 मेरो नाममा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु; ताकि पुत्रद्वारा पितालाई महिमा होस्। 14 तिमीहरूले मसँग मेरो नाममा जे मागे पनि म त्यो पूरा गर्नेछु।
पवित्र आत्माबारे प्रतिज्ञा
15 "तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू मान्नेछौ। 16 म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ। उहाँ सधैँ तिमीहरूसँग हुनुहुनेछ।