Pular para o conteúdo
Publicidade

यूहन्‍ना 15:1,4,5,7,16

दाखको बोट र हाँगाहरू

1 येशूले भन्‍नुभयो, "साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ। 4 ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगा दाखको बोटमा रहिरहेन भने आफैँ फल फलाउन सक्दैन। त्यसै गरी ममा रहिरहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ।

5 "दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। 7 तर यदि तिमीहरू ममा रहिरह्‍यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ।

16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ; र तिमीहरूलाई सधैँ रहिरहने फल फलाउनलाई नियुक्त गरेँ। मेरो नाममा तिमीहरूले जे मागौला, पिताले सो तिमीहरूलाई दिनुहुनेछ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.