येशूले प्राण त्याग्नुभएको
28 अब सबै कुरा सिद्धियो भनी जानेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर येशूले भन्नुभयो, "मलाई तिर्खा लाग्यो।" 29 त्यहाँ सिर्काले भरिएको एउटा घैँटो राखिएको थियो। तब तिनीहरूले एउटा स्पन्ज त्यसमा डुबाई हिसपको डाँठमा अड्काएर उहाँको ओठमा पुर्याइदिए। 30 सिर्का लिनुभएपछि येशूले यसो भन्नुभयो, "अब पूरा भयो।" त्यसपछि उहाँले शिर निहुराएर आफ्नो प्राण त्याग्नुभयो।