39 येशूकहाँ राति आउने मानिस निकोदेमस पनि उनीसित साथमा थिए। निकोदेमसले चौँतीस किलो जति मूर्र र एलवाले बनिएको सुगन्धित मिश्रण ल्याए। 40 ती दुईले येशूको लासलाई त्यस सुगन्धित मिश्रणमा राखेर लामो मलमलको कपडामा बेह्रे। यहूदीहरूको लास गाड्ने संस्कार यस्तै थियो।