येशूले मन्दिर शुद्ध गर्नुभएको
13 यहूदी निस्तार चाडको बेला आउनलागेपछि येशू यरूशलेम जानुभयो। 14 उहाँले मन्दिरको चोकमा गोरु, भेडा र ढुकुर बेच्नेहरू, र अरूहरूलाई बसेर पैसा साट्दै गरिरहेका भेट्टाउनुभयो। 15 तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूलाई पनि, मन्दिरको क्षेत्रबाट बाहिर लखेट्नुभयो। अनि पैसा साट्नेहरूका सिक्काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो। 16 उहाँले ढुकुर बेच्नेहरूलाई भन्नुभयो, "यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई यसरी किनबेच गर्ने एउटा बजारजस्तो नबनाओ!" 17 उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो वचन सम्झे: "तपाईंको घरप्रतिको जोशले मलाई जलाएर भस्म पार्नेछ।"2:17 भजन 69:9