29 त्यसपछि येशूले तिनलाई भन्नुभयो, "तिमीले मलाई देखेको कारण विश्वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्वास गर्नेहरू धन्यका हुन्।"
यूहन्नाले लेखेका सुसमाचारको उद्देश्य
30 येशूले आफ्ना चेलाहरूका अगि अरू पनि धेरै अलौकिक चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्। 31 तर यो लेखिएको छ, कि तिमीहरूले येशू नै परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनेर विश्वास गर। अनि विश्वास गरेको कारण तिमीहरूले उहाँको नाममा जीवन प्राप्त गर्न सक।