17 येशूले तिनीहरूलाई भन्नुभयो, "मेरा पिताले आजको दिनसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहनेछु।" 18 यसकारणले गर्दा तिनीहरूले उहाँलाई मार्न झन् धेरै प्रयत्न गर्न लागे। किनकि उहाँले केवल शब्बाथ दिनलाई मात्र भङ्ग गर्नुभएको थिएन। तर आफूलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई पनि आफ्नै पिता भन्नुभएको थियो।
Publicidade