27 नष्ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।"
28 तब तिनीहरूले उहाँलाई प्रश्न गरे, "परमेश्वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?"
29 येशूले जवाफ दिनुभयो, "परमेश्वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्वास गर।"