48 जीवनको रोटी म नै हुँ। 49 तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्न खाए, तापनि तिनीहरू मरेर गए। 50 तर स्वर्गबाट तल ओर्लिआएको रोटी यही हो, जसलाई मानिसले खाओस् र नमरोस्। 51 जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।"