4 र येशूलाई भने, "गुरुज्यू, यो स्त्री व्यभिचार गर्दागर्दै पक्राउ परेकी हो। 5 व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्नुहुन्छ?" 6 तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए।
येशू निहुरनुभयो र औँलाले भुइँमा लेख्न थाल्नुभयो। 7 जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, "तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।" 8 अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो।
9 त्यसपछि यो कुरा सुन्नेहरू, बुढापाकादेखि सानासम्म एक-एक गर्दै त्यहाँबाट गए। अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो। 10 तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, "ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?"
11 त्यसले भनी, "हजुर, कसैले पनि ठहराएन, प्रभु।"
येशूले भन्नुभयो, "म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।"8:11 यूह 7:53–8:11 केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।