10 "यसकारण जब इस्राएल उजाडस्थानमा भौँतारिँदै हिँडिरहेको बेला याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, उहाँले यो कुरा मोशासँग भन्नुभएदेखि उसो उहाँले मलाई पैँतालीस वर्षसम्म जीवित राख्नुभएको छ। यसरी आजको दिन म पचासी वर्षको भएको छु! 11 मोशाले मलाई जासुस गर्न पठाएको दिनमा जस्तै आज पनि म बलियो छु। म लडाइँमा जाँदा जति बलियो थिएँ, आज पनि त्यत्तिकै बलियो छु। 12 अब त्यस दिन याहवेहले मलाई प्रतिज्ञा गर्नुभएझैँ, यो पहाडी मुलुक मलाई दिनुहोस्। त्यहाँ अनाकीहरू बस्दछन्। अनि तिनीहरूका सहरहरू ठूला र सुरक्षित छन् भनी तपाईं आफैँले सुन्नुभएको छ। तर याहवेहको सहायताले म तिनीहरूलाई धपाइदिनेछु।"
Publicidade