13 याहवेहले यहोशूलाई दिनुभएको आज्ञाअनुसार तिनले यपून्नेको छोरो कालेबलाई यहूदामा एक भाग दिए, किर्यत-अर्बा अर्थात् हेब्रोनलाई दिए। (अर्बाचाहिँ अनाकका पुर्खा थिए।) 14 हेब्रोनबाट कालेबले तीन जना अनाकीहरू अर्थात् अनाकका छोराहरू, शेशै, अहीमन र तल्मैलाई धपाइदिए।