16 तब मानिसहरूले जवाफ दिए, "हामीले याहवेहलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्ने, यस्तो काम हामीबाट कदापि नहोस्! 17 हामी र हाम्रा पितापुर्खाहरूलाई दासत्वको देश इजिप्टबाट ल्याउनुहुने र हाम्रा आँखाकै सामु ती अलौकिक चिन्हहरू गर्नुहुने याहवेह हाम्रा परमेश्वर आफैँ हुनुहुन्छ। जब हामी ती सबै जातिहरूका बीचबाट भएर आयौँ, तब उहाँले नै हामीलाई हाम्रो यात्राभरि सुरक्षा गर्नुभयो।
Publicidade
Publicidade