16 तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन्। 17 बुबाहरूका मन तिनीहरूका छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितिर फर्काउन र प्रभुका एउटा जाति तयार पार्न एलियाको1:17 एलिया पुरानो करारका अगमवक्ता हुन्, जो अति साहसी थिए। उनको पोशाक र सेवकाइ यूहन्नासँग मिल्दोजुल्दो थियो। (1 राजा 17; 2 राजा 1:8; जक 13:4) आत्मा र शक्तिमा तिनी प्रभुका अगि-अगि जानेछन्।"