34 मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, "यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।"
35 स्वर्गदूतले जवाफ दिए, "पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र कहलाइनुहुनेछ। 36 यसै गरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौँ महिनामा छिन्। 37 किनकि परमेश्वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।"
38 मरियमले भनिन्, "म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।" त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।