असल सामरीको दृष्टान्त
25 एक समयमा एक जना व्यवस्थाका विशेषज्ञ येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, "गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?"
26 उहाँले भन्नुभयो, "व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?"
27 तब तिनले जवाफ दिए: " ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’ र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’"
28 येशूले जवाफ दिनुभयो, "तिमीले ठिक जवाफ दियौ। त्यसै गर, र तिमी बाँच्नेछौ।"