2 उहाँले तिनीहरूलाई भन्नुभयो, "तिमीहरूले प्रार्थना गर्दा यसो भन:
" ‘हे पिता,
तपाईंको नाम पवित्र गरियोस्।
तपाईंको राज्य आओस्।
3 हामीलाई हरेक दिन हाम्रो दैनिक भोजन दिनुहोस्।
4 हाम्रा पापहरू क्षमा गरिदिनुहोस्;
किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौँ।
अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ "