11 त्यहाँ अठार वर्षदेखि कुँजो पार्ने दुष्ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैँलाई कति पनि सीधा पार्न सक्दिन थिईन्। 12 येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्नुभयो, "ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।" 13 त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्वरको प्रशंसा गरिन्।