Pular para o conteúdo
Publicidade

लूका 14:7-11

7 भोजमा निम्त्याइएकाहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्‍टान्त भन्‍नुभयो: 8 "जब कसैले तिमीलाई विवाह भोजमा निम्तो दिन्छ, तब आदरको स्थानमा नबस; किनकि तिमीभन्दा बढी विशिष्‍ट व्यक्ति पनि त्यहाँ निम्त्याइएको हुन सक्छ। 9 यदि त्यसो रहेछ भने तिमीहरू दुवैलाई निम्तो दिने व्यक्तिले आएर तिमीलाई भन्‍नेछ, ‘तिमी बसेको आसन उहाँलाई देऊ।’ तब तिमी लज्जित भएर सबैभन्दा तल्‍लो स्थानमा बस्‍नुपर्नेछ। 10 तर तिमीले निम्तो पाएपछि सबैभन्दा तल्‍लो स्थानमा बस; तब निम्तो दिने व्यक्ति आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि सरेर राम्रो स्थानमा बस्‍नुहोस्।’ तब तिमीसँग भोजमा बस्‍नेहरू सबैका अगि तिमीलाई आदर हुनेछ। 11 किनकि आफूलाई उच्‍च तुल्याउने हरेकलाई नम्र बनाइनेछ; र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछ।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.