Pular para o conteúdo
Publicidade

लूका 18:1-8

अटल मन भएकी विधवाको दृष्‍टान्त

1 तिनीहरूले सधैँ प्रार्थना गरिरहनुपर्छ र हिम्मत हार्नुहुँदैन भन्‍ने कुरा दर्शाउन येशूले चेलाहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो। 2 उहाँले भन्‍नुभयो: "कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्‍वरको भय मान्दैनथे, र मानिसको वास्ता पनि गर्दैनथे। 3 त्यसै सहरमा एउटी विधवा थिई; जो तिनीकहाँ यस्तो बिन्ती लिएर आइरहन्थी, ‘मेरो विरोधीको विरुद्ध मलाई न्याय दिनुहोस्।’

4 "केही समयसम्म त तिनले इन्कार गरे; तर पछि तिनले आफ्नो मनमा भन्‍न लागे, ‘म परमेश्‍वरको डर मान्दिनँ, र मानिसहरूको वास्ता पनि गर्दिनँ; 5 तापनि यस विधवाले मलाई हैरान पारिरहेकी हुनाले म त्यसलाई न्याय दिलाउनेछु, ताकि त्यसले घरी-घरी आएर मलाई हैरान नबनाओस्!’ "

6 अनि प्रभुले भन्‍नुभयो, "ती अधर्मी न्यायाधीशले के भन्दैछन्, सुन! 7 तब के परमेश्‍वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र? 8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूको झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसको पुत्र आउनेछ, तब के उसले पृथ्वीमा विश्‍वास भेट्टाउनेछ र?"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.