25 त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए। 26 प्रभुका ख्रीष्टलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट गरिएको थियो। 27 त्यस दिन आत्माद्वारा डोर्याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँका निम्ति व्यवस्थाले मागे अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, 28 तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्वरको प्रशंसा गर्दै भने:
29 "हे सार्वभौम प्रभु, तपाईंले प्रतिज्ञा गर्नुभएबमोजिम,
अब आफ्नो सेवकलाई शान्तिसित बिदा दिनुहोस्,
30 किनकि मेरा आँखाले तपाईंको ‘उद्धार’ देखेका छन्,
31 जो तपाईंले सबै मानिसहरूको दृष्टिमा तयार पार्नुभएको छ;
32 सबै जातिहरूलाई प्रकाशका निम्ति
र तपाईंको जाति इस्राएललाई महिमाका निम्ति ज्योति हुनुहुन्छ।"