4 यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको2:4 एक शक्तिशाली राजा, जसले येशूभन्दा 1000 वर्षअगि राज्य गरेका थिए। सहर बेथलेहेम2:4 नासरतदेखि बेथलेहेमको दूरी करिब 100 कि.मि. छ। गए; किनकि उनी दावीदकै घराना र वंशका थिए। 5 उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्। 6 तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो, 7 र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन।