8 त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्ने केही गोठालाहरू थिए। 9 त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। 10 तर स्वर्गदूतले तिनीहरूलाई भने, "नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ। 11 आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्ट2:11 ख्रीष्ट को अर्थ अभिषिक्त जन हो प्रभु हुनुहुन्छ।