Pular para o conteúdo
Publicidade

लूका 23:39-43

39 त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: "के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैँलाई र हामीलाई पनि बचाऊ!"

40 तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, "तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्‍वरको डर मान्दैनस्? 41 हामीले त न्यायोचित रूपले दण्ड पाइरहेका छौँ; किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौँ। तर यी मानिसले त कुनै अनुचित काम गरेका छैनन्।"

42 त्यसपछि त्यसले भन्यो, "हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्!"

43 येशूले त्यसलाई जवाफ दिनुभयो, "म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.