येशूको बप्तिस्मा
21 जब धेरै मानिसहरूले बप्तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो। 22 अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: "तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।"