18 "प्रभुको आत्मा ममाथि छ,
किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति
उहाँले मलाई अभिषेक गर्नुभएको छ।
उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न,
र दृष्टिविहीनहरूलाई दृष्टि दिलाउन,
उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन,
19 र प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।"4:19 यशै 58:6; 61:1, 2