24 यूहन्नाका मानिसहरू गएपछि येशूले भीडलाई यूहन्नाको विषयमा भन्न लाग्नुभयो: "तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्लाएको निगालोलाई? 25 यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू र विलासितामा रहनेहरू त दरबारमा हुन्छन्। 26 तर तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्लाई। 27 यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ:
" ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु,
जसले तिम्रो बाटो तयार पार्नेछन्।’7:27 मला 3:1
28 म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि बप्तिस्मा दिने यूहन्नाभन्दा महान् छैन; तापनि परमेश्वरको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुन्छ।"
29 (सबै मानिसहरू, कर उठाउनेहरूसमेत, सबै जनाले येशूको यो वचन सुनेर परमेश्वरको मार्ग ठिक छ भनी स्वीकार गरे; किनकि तिनीहरूले यूहन्नाद्वारा बप्तिस्मा पाएका थिए। 30 तर फरिसीहरू र व्यवस्थाका विद्वान्हरूले परमेश्वरको अभिप्रायलाई अस्वीकार गरे; किनकि तिनीहरूले यूहन्नाद्वारा बप्तिस्मा पाएका थिएनन्।)