5 "प्रत्येक रोटीको लागि एपाको दश भागको दुई भाग24:5 लगभग 3.2 किलो प्रयोग गरेर मसिनो पिठोको बाह्र वटा रोटीहरू पकाउनू। 6 तिनीहरूलाई एक लहरमा छ वटा गरेर दुई लहरमा, याहवेहका सामु निखुर सुनको टेबुलमा मिलाएर राख्नू। 7 याहवेहकहाँ अग्निबलि हुन दिनलाई र रोटीको प्रतिनिधित्व गर्नलाई सम्झनाको भागस्वरूप प्रत्येक लहरमा केही शुद्ध धूप बाल्नू। 8 यी रोटीलाई इस्राएलीहरूको पक्षबाट सदाको करारस्वरूप याहवेहका सामु हरेक शब्बाथ दिनमा नियमित रूपले राख्नू। 9 त्यो हारून र त्यसका छोराहरूका निम्ति हुनेछ, तिनीहरूले त्यसलाई पवित्र ठाउँमा खाऊन्। किनभने यो याहवेहका निम्ति आगोद्वारा चढाइएको बलिबाट तिनीहरूका नियमित अति पवित्र भाग हो।"
Publicidade